Banner News

मुलुकी ऐनले समाजलाई मर्यादित, गल्ती नगर्ने डराउनु पर्दैन : प्रधानमन्त्री ओली



भदौं १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यवस्थित, अनुशासित, सुसंगत र सुसम्बन्धका लागि नयाँ मुलुकी ऐन ल्याईएको भएकाले गल्ती नगर्ने जोकोही पनि मुलुकी ऐनदेखि डराउनु नपर्ने बताएका छन् ।

आज नयाँ मुलुकी ऐन लागू गरेको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा वोल्दै प्रधानमन्त्री ओलीले परिवर्तित सन्दर्भ र सोही परिवेश अनुसार नयाँ मुलुकी ऐनको कार्यान्वयन सहज ढंगले अघि बढ्ने र त्यसमा व्यवहारको क्रममा कमी कमजोरी भेटिए परिमार्जन गर्दै लगिने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले मुलुकी ऐनले समाजलाई मर्यादित बनाउन खाजेको छ । गल्ती नगर्नेहरुले डराउनु नपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले संघिय लोकतान्त्रीक गणतन्त्रको स्थापनासँगै आम नेपाली जनताको मान्यताहरु क्रमिक रुपमा समय र परिस्थिती अनुसार वदलीदै गएकाले मुलुकी ऐनलाई संशोधन गर्ने काम शुरु भएको बताए ।