काठमाण्डौ,१० फागुन । नेकपा एमालेले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । स्थायी समितिको वैठकले संविधान संशोधन विधेयक अघि नबढाउन र स्थानीय तहको संख्या नबढाउन सरकारको पुनः ध्यानाकर्षण गराएको छ ।
हिजो सरकारले स्थानीय तहको चुनाव वैशाख ३१ गते गर्ने घोषणा गरेको थियो । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि बसेको स्थायी समितिको अनौपचारिक बैठकले निर्वाचनको सुनिश्चितको वातावरण बनाउन पनि सरकारसंग आग्रह गरेको छ ।
एमाले प्रचार विभाग प्रमुख सचिव भट्टराईका अनुसार बैठकले निर्वाचनका लागि आवश्यक ऐन कानुन बनाउन र निर्वाचनलाई प्रभावित हुने गरी नियुक्ति तथा सरुवा बढुवा नगर्न पनि सरकारसंग अआग्रह गरेको छ ।
21 February 2017 14:50 PM
प्रतिक्रिया दिनुहोस्