भदौ २, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्दै जनताको आकाङ्क्षा र आवश्यकता सम्बोधन हुने दावि गरेका छन् ।
फोकस नेपालको छैठौ वार्षिकोत्सवका अवसरमा आयोजित ‘समृद्धिका लागि सहकार्य, राष्ट्रका निम्ति अपरिहार्य’ विषयक विचारगोष्ठीलाई सम्बोधन गर्दै मन्त्री वस्नेतले मुलुकको समृद्धिका लागि सरकार, राजनीतिक नेतृत्व, जनता सबैका तर्फबाट त्यागको आवश्यकता रहेको भन्दै त्यागबाट नै मुलुक निर्माणको महाअभियानमा संलग्न हुने उत्प्रेरणा प्राप्त हुने बताएका छन् ।
मन्त्री वस्नेतले जलसम्पदा, वन जङ्गलको समुचीत प्रयोग गरेर विकासलाई जनस्तरमा पुग्ने गरी दिगो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।
देश विकास र समृद्धि हासिल गर्न सरकार र प्रतिपक्ष नभनी सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । सरकारले नेपाल स्वच्छ वातावरण महाअभियान शुरु गरेको उल्लेख गर्दैै उनले हरियाली प्रवद्र्धन, फोहोर व्यवस्थापन र सरसफाइ तथा प्रदूषण न्यूनीकरणमा सबैको सहकार्यको खाँचो औल्याएका छन् ।
कार्यक्रममा वोल्दै प्रदेश नं ३ का प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले बौद्ध स्तूप, स्वयम्भूनाथ, नमोबुद्ध, काँक्रेविहार र विदेशमा रहेका बौद्ध सम्पदालाई बौद्धमार्गीको धरोहरको केन्द्र लुम्बिनीसँग जोडेर ‘अन्तर्राष्ट्रिय बौद्ध परिपथ’ निर्माण गरी हजारौँ पर्यटक नेपाल भित्र्याइ आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । त्यस्तै मानिसको स्वच्छ वातावरणमा वाच्न पाउने अधिकारलाई सुरक्षित गर्दै २०८५ साल विद्युतीय सवारी तयार गर्ने योजनाका साथ प्रदेश सरकार अघि वढेको जानकारी गराए ।










प्रतिक्रिया दिनुहोस्