भदौ ३, कास्की । पोखराको पश्चिमाञ्चल अस्पतालको भवन पुनःनिर्माण गरिने भएको छ ।
स्वास्थ्य मन्त्रालयमार्फत बेलायती संस्था डिएफआईडी (डिपार्टमेन्ट अफ इन्टरनेशनल डेभलपमेन्ट)ले अस्पतालको भवन पुनःनिर्माण गरिदिने भएको हो ।
तीन वर्ष अघि गएको भूकम्पले जीर्ण बनेको थियो । जीर्ण अवस्थामा रहेको भवनलाई नयाँ स्वरुप दिन अस्पताल प्रशासनले पुनर्निर्माणको तयारी थालेको हो ।
अस्पताल पुनःनिर्माणपछि दुई वटा नयाँ भवन पनि थप गर्ने गरी स्केच तयार भएको छ । कुल ६८ करोड अनुमान गरिएको बजेट बढ्ने समेत अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्