समाचार

विराटनगरमा हार्डवेयर पसलको सुरक्षागार्डको हत्या



भदौ ३, विराटनगर । विराटनगरमा हार्डवेयर पसलको  सुरक्षा गार्डको हत्या भएको छ ।

विराटनगर-४ पीपलचोक घर भएका ५० बर्षका टंक भट्टराई विराटनगर महानगरपालिका २ मा रहेको  न्यू बिक्की हार्डवेयरका सुरक्षा गार्डको काम गर्थे । भट्टराईको शव हार्डवयरका कामदारले ढोका खोल्दा उनको शव सुत्ने कोठाको खाटमुनि फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सिरानीले मुख थुनेको अवस्थामा उनको शव फेला परेको भट्टराईको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ ।  घटनाको विषयमा थप अनुसन्धान भैरहेको छ ।