समाचार

कोरियन भाषा परीक्षामा पास भएकाको स्वास्थ्य परीक्षण सुरु



भदौ ४, काठमाडौं ।  कोरिया भाषा परीक्षामा पास हुनेको स्वास्थ्य परीक्षण आजबाट सुरु  हुँदैछ ।

काठमाडौंका चार अस्पताल पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

सन् २०१९ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जान लिइएको कोरियाली भाषा परीक्षामा उतीर्ण हुनेहरुको स्वास्थ्य परीक्षण हुन लागेको हो ।

सन् २०१९ मा ईपीएसमार्फत दक्षिण कोरिया जान सात हजार ९ सय ९६ जना भाषा परीक्षा उतीर्ण भएका छन् । यसैबीच दक्षिण कोरियाका लागि सन् २०१८ को कम्प्युटरमा आधारित प्रणाली (सीबीटी) को दोस्रो परीक्षा भदौ ८ गतदेखि सञ्चालन हुने भएको छ ।