राजनीति

मधेसी मोर्चाद्धारा सर्वदलीय बैठक बहिष्कार



काठमाडौं, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएकाृे सर्वदलीय बैठक मधेसी मोर्चा र संघीय गठनबन्धनमा आवद्ध दलहरुले वहिष्कार गरेका छन् ।

सरकारले निर्वाचनको मिति घोषणा गरेपछि त्यसको विरोध गर्दै आएको मधेसी मोर्चा लगायतका दलहरुले प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गरेको हुन ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले मोर्चाको सहमतिविनै संशोधन विधेयक पारित नगरी सरकारले चुनाव घोषणा गरेकोले आजको प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गर्ने निर्णय भएको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले दिउँसो तीन बजे नयाँ बानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठक आह्वान गरेका थिए ।