Banner News

नेकपाको तल्लो कमिटीको एकता : कार्यदललाई प्रतिवेदन वुझाउन म्याद थप



भदौ ५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकताका लागि गठन भएका कार्यदलहरुलाई प्रतिवेदन बुझाउन अन्तिम पटक भदौ ७ गतेसम्मको म्याद थप गरेको छ ।

सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले कार्यदलहरुलाई प्रतिवेदन बुझाउन उक्त समय दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेता श्रेष्ठले भने ‘अहिलेसम्म कतिपय कार्यदलले रिपोर्ट नदिएकाले अन्तिम पटक भदौ ७ गतेसम्म म्याद दिएका छौं । अव पनि निर्णय नभएर जुन अवस्थामा छ, त्यही अवस्थामा भदौ ७ गतेसम्म बुझाउनु पर्ने निर्णय भएको छ ।’