समाचार

ट्रकको ठक्करबाट २ जनाको मृत्यु : त्रीशुलीमा ट्रक खस्यो, २ घाइते



भदौ ५, चितवन । वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको चितवनमा गएराति २ जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–११, बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिएको हो । मृत्यु हुनेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

यस्तै तनहुँको आँबुखैरेनीबाट नारायणगढतर्फ आउँदै गरेको भरतपुर महानगरपालिका– २९ पन्ध्रकिलोमा रा १ ख १५७३ नं को ट्रक आज बिहान त्रिशूली नदीमा खसेको छ । दुर्घटनामा परि चालक र सहचालक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।