भदौ ५, काठमाडौँ । राष्ट्रियसभाकोआज बसेको बैठकले तीन विधेयकमा दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ ।
समितिमा पठाएका विधेयकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन), वातावरण संरक्षण (पहिलो संशोधन) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक २०७५ हुन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइयोस् भनि बैठकमा प्रस्ताव गरेका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक यही भदौ १२ गते ११ बजे बस्नेछ ।










प्रतिक्रिया दिनुहोस्