राजनीति

सांसद ज्ञावलीद्वारा सानो गढीमा आवास गृह निर्माण गर्ने प्रतिवद्धता



भदौ ५, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की युवा नेता तथा प्रदेश नं. ३ को सदस्य मिना ज्ञावलीले चितवनको भरतपुर महानगरपालिका १६ सानो गढीमा आवास गृह निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

सोमबार महानगरपालिकाको श्री वस्तक्षेत्र ज्ञानेश्वर शिव मन्दिरमा साउने सोमवारको पूर्ण आहुती तथा सत्तल उद्घाटन कार्यक्रममा वोल्दै उक्त ठाउँको आवश्यकता र सवैको माग अनुसार उक्त ठाउँमा जेष्ठ नागरिक आवास गृह निर्माण गरी विभिन्न समस्यामा परेका जेष्ठ नागरिकलाई राहतको महशुस गराउने बताएकि छिन् । त्यस्तै उक्त ठुलै धर्मिक पर्यटकिय स्थलको रुपमा बिकास गर्ने बताएकि छिन् ।

राष्ट्र र जनता प्रति आफु जहिले पनि प्रतिवद्ध रहेको बताउँदै समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउ सवै तह र तप्काका व्यत्तित्वहरु लाग्नुपर्ने बताएकि छिन् । हातमा हात काधमा काध मिलाई सरकार तथा प्रतिपक्षमा रहेका दलको साथमा आम नेपाली जनता एक ढिक्का भई अघि वढेमा हाम्रै पालामा देशले मुहार फेर्ने बताएकि छिन् ।

विभिन्न वहानामा सरकारको विरोधले मात्र देशमा समृद्धि नआउने भन्दै सरकारले गरेका राम्रा कामलाई साथ दिन प्रतिपक्षिदललाई आग्रह समेत गरेकि छिन् ।