भदौ ६, महोत्तरी । महोत्तरीको लोहपट्टी नगरपालिका ३ को मस्जिदमा नमाज पढ्न भेला भएका समूहबीच झडप हुँदा १३ जना घाइते भएका छन् ।
कांग्रेस र राजपा दुई पक्षधरहरुले नवाज पढ्ने क्रममा मौलवीलाई पहिले आफ्नो पक्षको नवाज पढाउनुपर्ने भनेपछि झडप भएको स्थानीयले बताएका छन् ।
परिस्थिति तनावग्रस्त बनेपछि प्रहरीले २ राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले दुबै पक्षबाट दुई दुई जना झडपका जिम्मेवार व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइते हुनेहरुमा कांग्रेस पक्ष भनिएका अहमद राईन, सलामत राईन, आफताव राईन र हसिन राईन रहेका छन् । राजपा पक्षका लालु कवारी, अख्तर राईन, मन्सुर राईन र मोसलिम राईन पनि घाइते भएका छन् ।










प्रतिक्रिया दिनुहोस्