समाचार

धारिलो हतियार प्रहार गरी आफ्नै घरमा एक युवकको हत्या



भदौ ६,ओखलढुंगा । ओखलढुंगाको  मोलुंग गाउँपालिका वडा न. ३ का २९ वर्षीय सन्तोष कार्कीलाई अपरिचित समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको छ ।

मंगलबार साँझ घरको कोठामा रगतले लत्पतिएको अवस्थामा कार्कीको शव फेला परेको स्थानीय बासिन्दाले बताएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माको टोली घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन भट्टराईले जानकारी दिएका छन  ।

 शव पोष्टमार्टम गर्न रुम्जाटार अस्पताल पठाउने तयारी भइरहेको प्रहरी जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।