भदौ ६, काठमाडौं । नेपालल र भारतको प्रमुख नाकाहरुमा बल्क कार्गो’ विस्तार गर्ने भारतसँग समझदारीपत्र अादान-प्रदान (एलओई) गर्न लागिएको वाणिज्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा भदौ १४ र १५ गते हुने बेमिस्टेक बैठकमै भारतसँग यस्तो समझदारी कायम गर्न लागिएको वाणिज्य मन्त्रालयले जनाएको हो ।अहिले बल्क कार्गो कोलकाता बन्दरगाहबाट वीरगञ्ज नाकासम्म मात्र ल्याउन पाउने व्यवस्था छ ।
बल्क कार्गोमा मल, चिनी, भटमास, नून, पिना, प्लाष्टिकका दाना, सिमेन्ट, कोइला, क्लिंकर, तरकारी, फलफूल लगायतका ठूलो परिमाणमा ल्याइने वस्तुहरु मात्रै ल्याउन पाइन्छ । अहिलेसम्म रेल-वे सेवा सम्झौताअनुसार कोलकाताबाट वीरगन्ज नाकामा मात्र रेलमार्फत ढुवानी गर्न पाइने व्यवस्था छ ।
भारतसँग तेस्रो मुलुकबाट आउने सामान पनि रेलमार्गबाट सीमासम्म ल्याउन दिन नेपालले प्रस्ताव गरेको छ । सहमति जुटाएर समझदारीमा हस्ताक्षर गर्ने योजनामा मन्त्रालय छ । भारत बेमिस्टेक शिखर सम्मेलननकै समयमा बल्क कार्गो सेवा विस्तार गर्ने समझदारी गर्न सहमत भएको हो ।










प्रतिक्रिया दिनुहोस्