राजनीति

३ जिल्लामा ५ वटा एकीकृत बस्ती बन्ने, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्णय



भदौ ६, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ३ जिल्लामा ५ वटा एकीकृत बस्ती बनाउने भएको छ ।

प्राधिकरणको कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्ला गरी पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको हो  ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ, जसमा ४० घरधुरी रहनेछन् ।  सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका वडा नं १२ नम्डोललिङ एकीकृत बस्ती विकासको योजनालाई स्वीकृत गरेको छ । सो बस्तीमा ७० घरधुरी रहनेछन् । सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका वडा नं ५ त्याङथली एकीकृत नमूना बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ, जसमा १० घरधुरी रहनेछन् ।

रामेछापको मन्थली नगरपालिका वडा नं ८ माझी बस्ती गाइखुरा एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ । सो बस्तीमा २४ घरधुरी रहनेछन् । बैठकले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं १० स्थित तीनधारामा होमस्टेसहितको नमुना तामाङ बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ, जसमा ३७ घरधुरी रहनेछन् ।

 केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाका लागि ४ सय ६३, केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका लागि इन्जिनियरसहित ३ हजार २ सय ५० र केन्द्रीय आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका लागि ७ सय ४ छन् ।