भदौ ६ , झापा । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा झापाको कमल गाउँपालिका–७ मा निर्माण हुन लागेको आयुर्वेदिक चिकित्सालयको शिलान्यास गरेका छन् ।
शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुने उक्त चिकित्सालय ५० श्ययाको हुने भएको छ ।
सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार निर्माण हुने जनाइएको छ । डिभिजन कार्यालयका अनुसार करीब २२ महीनामा त्यहाँ सुविधासम्पन्न चिकित्सालय भवन निर्माण हुनेछ । भवन निर्माण पूरा गर्न रु १७ करोड २० लाख लाग्ने चिकित्सालयका रेखदेख समितिले जनाएको छ










प्रतिक्रिया दिनुहोस्