भदौ ७, नेपालगञ्ज । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकारको पानीजहाज र रेलका सपना बाँडेर जनतालाई भुलाइरहेको बताएका छन् ।
नेपाल महिला सङ्घ केन्द्रीय कार्य समितिले आज नेपालगञ्जमा आयोजना गरेको महिलाका लागि प्रदेश ५ को प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले वर्तमान सरकारले मुल्य वृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको भन्दै आफ्नो पार्टीले जितेको स्थानिय तहमा कर वृद्धि नगर्न निर्देशन दिएको जानकारी गराए ।
काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टी विधि र विधानअनुसार चल्न नसकेको भन्दै त्यसको समस्या समाधानको वाटोवाट अघि वढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाका सांसद सञ्जय गौतमले पार्टीका संयन्त्रहरु कमजोर भएकोले पार्टीको महासमिति बैठक बोलाएर तत्काल समस्याको समाधानमा जानुपर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्