भदौ ७, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ ।
अघिल्लो साता परिषदको बैठक सरकारले बोलाइए पनि स्थगित भएको थियो। विपक्षी दलको नेता शेरबहादुर देउवा विदेश उपचारका लागि जाँदा संवैधानिक वैठक स्थगीत भएको थियो । देउवा आइतबार स्वदेश फर्किएपछि परिषदको बैठक आज दिउँसो ४ बजेलाई बोलाइएको हो ।
भावी प्रधानन्यायाधीश हुन योग्यता पुगेका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणामध्ये एकको सिफारिस हुनेछ ।
त्यस्तै अख्तियारको प्रमुख आयुक्तका लागि पनि धेरै आकांक्षीहरु रहेका छन् । हाल कार्यवहाक प्रमुख आयुक्त रहेका नवीनकुमार घिमिरे, पुर्व मुख्यसचिव लिलामणी पौडेल, बरिष्ठ अधिवक्ता युवराज संग्रौला, पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षेत्री प्रतिस्पर्धामा रहेका छन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषद्मा सभामखु, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र कानूनमन्त्री र प्रधानमन्त्रीले तोकेका एक मन्त्री सदस्य हुने प्रावधान छ ।










प्रतिक्रिया दिनुहोस्