भदौ ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले भक्तपुरको चागुनारायण नगरपालिकामा रहेको नेपाल इन्जिनियरिङ कलेजका केहि संचालकहरु दुषित खेलमा लागेको भन्दै तत्काल शिक्षा मन्त्रालयले कारवाहिको प्रकृया अघि वढाउनु पर्ने बताएका छन् ।
संघिय संसदको शुन्य समयमा वोल्दै सांसद वस्नेतले उक्त कलेजमा २२ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी गराएका छन् । सांसद वस्नेतले उक्त कलेज ६० सालको सामाजिक संस्था ऐन अनुसार दर्ता गरिएको तर हालसम्म पनि नविकरण तथा अडित नगरी सञ्चालन गरेको जसका कारण २० करोड भन्दा वढी राजश्व घोटला भएको बताएका छन् ।
स्थानिय सरकार, स्थानीय जनता, स्थानिय जनप्रतिनिधि तथा राजनैतिक दलहर मिलेर उक्त कलेज संचालन गर्नुपर्ने भन्दै केहि संचालकहरु निजिकरण गर्ने दुषित मनसायका साथ अघि वढेकोमा आपत्ती जनाएका छन् ।
सांसद वस्नेतले आर्थिक तथा शैक्षिक रुपमा स्वायत्त वनाउन उक्त कलेज चागुनारायण नगरपालिकाले नै सञ्चालन गर्न पाउनु पर्ने भन्दै दुषित मनसायका संचालकहरुलाई शिक्षा मन्त्रालयकले तत्काल कारवाहिको प्रकृया अघि वढाउन माग गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्