भदौ ८, काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ ।
आज बसेको परिषद्को बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सिफारिस गरेको हो । पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले मिश्रको नाम सिफारिस गरेको हो ।
प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए ।










प्रतिक्रिया दिनुहोस्