भदौ ८, काठमाडाैं । नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको छ ।
केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको हो ।
बैठकमा देशभरका सबै नेता, कार्यकर्ताको सुझाव लिएर विधान तयार पार्ने गरी औपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले समितिको सदस्य सचिवको जिम्मेवारी पार्टी केन्द्रिय कार्यालय सचिव केशव रिजाललाई दिएको छ ।
प्रवक्ता शर्माले समितिले ढिला नगरी विधान संशोधन मस्यौदा निर्माणको काम सम्पन्न गर्ने पनि स्पष्ट पारेका छन् ।










प्रतिक्रिया दिनुहोस्