भदौ ८, एजेन्सी । अष्ट्रेलियाको लिबरल पार्टीले स्कट मोरिसनलाई नयाँ प्रधानमन्त्रीको रुपमा चुनेको छ ।
अष्ट्रेलियाको ३० औं प्रधानमन्त्री चुनिएका मोरिसनले प्रतिद्वन्द्वी पिटर डटनलाई गोप्य मतदानमा ५ मतान्तरले पराजित गरेका हुन् ।
पार्टीका कोषाध्यक्ष मोरिसनले ४५ मत प्राप्त गर्दा पूर्व गृहमन्त्री डटनले ४० मत मात्रै प्राप्त गरे । अर्की प्रतिद्वन्द्वी जुली बिसप भने पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।
सन् २०१५ मा प्रधानमन्त्री भएका टर्नबुललाई लिबरल पार्टीका बहुमत सांसदहरुले नयाँ प्रधानमन्त्री छान्नुपर्ने आवेदन दिएपछि टर्नबुल हटेका हुन् ।
शुक्रबार टर्नबुलले एक पत्रकार सम्मेलनमा भने, ‘पार्टी भित्रका केही मानिस र मिडियाका केही शक्तिशाली आवाजहरुले सरकार ढाल्न होइन, मलाई प्रधानमन्त्रीबाट हटाउन मात्रै योजनाबद्ध रुपमा ममाथि विद्रोह गरे ।’
‘यो असामान्य छ । यसलाई धेरैले पागलपनको संज्ञा दिएका छन् र मलाई लाग्छ यसलाई अर्को रुपमा वर्णन गर्न गाह्रो हुन्छ,’ टर्नबुलले भने ।
प्रतिक्रिया दिनुहोस्