समाचार

महोत्तरीको औरही नगरपालिकामा लागुऔषधसहित तीनजना पक्राउ



भदौ ८, महोत्तरी ।  महोत्तरीको औरही नगरपालिका -१ फुलबारियाबाट प्रहरीले  लागुऔषधसहित ३ जनालाई  पक्राउ गरेको छ ।

प्रहरी चौकी औरहीबाट चेकजाँच गर्दा अरविन्द कापर, प्रविण कापर र अनिल कापरलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकोहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरी जनाएको छ ।