भदौ ८, एजेन्सी । बुधबार अष्ट्रियामा एक व्यक्तिले आफ्नो घरपालुवा फ्रिडा नामक घोडासँगै ट्रेनभित्र प्रवेश गरेका छन् ।
ट्रेनभित्र प्रवेश गरेपछि त्यहाँका अन्य यात्रीहरु छक्क परे । उनीहरुले घोडा र ती व्यक्तिको फोटो खिचेर सोसल मिडियामा राखे जुन एकाएक भाइरल भयो ।
यद्यपी, ती व्यक्तिले घोडासँग धेरैबेरसम्म यात्रा गर्न पाएनन् । त्यहाका सरकारी रेल कम्पनी OeBB का प्रवक्ताले भने, ‘घोडासँग यसरी ट्रेनमा यात्रा गर्नु खतरनाक हुनसक्छ । ट्रेनमा यदि अचानक ब्रेक लगाइए घोडा यसको लागि कति तयार छ र त्यसपछि उसले कस्तो व्यवहार देखाउँछ, त्यो भन्न मुश्किल छ ।’
OeBB को गाइडलाइनका अनुसार ट्रेनमा ती जनावरलाई मात्र यात्रा गराउन सकिन्छ जसले कसैलाई पनि हानी नोक्सानी पुर्याउँदैन । साथै, जनावरलाई कुनै बाकस वा ब्यागमा राखेर पनि यात्रा गराउन सकिनेछ ।
घोडासँग यात्रा गरिरहेका ती व्यक्तिलाई दुई स्टेशनपछि नै ट्रेनबाट बाहिरिनका लागि आग्रह गरियो ।
प्रतिक्रिया दिनुहोस्