समाचार

प्रहरी हुँ भन्दै धम्क्याउने १ जना पक्राउ



भदौ ८, काठमाडौं ।  गोंगबुको सिभिल प्रहरी हुँ भन्दै सर्वसाधारण धम्क्याउने व्यक्ति पक्राउ परेका छन् ।

नुवाकोट तादी गाउँपालिका-६ माछापोखरी घर भएका २४ वर्षीय बिज्ञान दाहाललाई स्थानीय वासिन्दाले नियन्त्रणमा लिएर प्रहरीलार्इ बुझाएका हुन् ।

काठमाडौंको नयाँ बसपार्क मित्रनगरका सर्वसाधारणलार्इ धम्क्याएका थिए । स्थानीयले प्रहरीलार्इ बुझाएपछि थप अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।