Banner News

बलात्कार र भ्रष्टाचारीलाई मृत्युदण्डको कानुन वनाउनुपर्छ : पूर्वकानूनमन्त्री तामाङ



भदौ ८, काठमाडौं । पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार महिला हिंसाविरुद्ध संसदमा पेश भएको संकल्प प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्री तामाङले मृत्युदण्डको कानून बनाउन नेपालले अब संयुक्त राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्ने बताए ।

यस्ता जघन्य अपराधमा संलग्नलाई मृत्युपर्यन्तको सजायले नपुग्ने भन्दै बलत्कार तथा भ्रष्टाचार उन्मुलको लागि मृत्यु दण्ड अनिवार्य जस्तै भएको बताए । त्यस्तै उनले भने ‘कानून कसैलाई दण्ड दिनमात्र होइन अरुलाई सिकाउनका लागि पनि हो । यस्ता घटना हुँदा यस्तो कारबाही हुन्छ भन्ने जानकारी समाजमा दिनुपर्ने हुन्छ ।’