भदौ ९, भक्तपुर । कुरीति तथा कुसस्कारको उजागर गर्दै समाजमा परिवर्तन गराउने उद्देश्यका साथ प्रदर्शन गरिएको चलचित्र अग्निदहनले महिलालाई आत्मानिर्भर तथा सक्षम हुन प्रेरित गरेको छ ।
लैङ्गिक हिंसा विरुद्ध राष्ट्रिय अभियान अन्तर्गत अखिल नेपाल महिला संघ जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको उक्त प्रदर्शनमा नेपालमा देखिएका महिला हिंसा तथा वोक्सीको वारेमा यथार्थ कथावस्तुमा निर्माण गरिएको चलचित्र जसले मान्छे कहिले पनि वोक्सी हुँदैन भन्ने सन्देश दिइएको छ ।
चलचित्रले नेपाली आम नागरिकलाई शिक्षा तथा जनचेतनामुलक रुपमा रहेको छ । महिला हिंसा तथा वोक्सिको कुप्रथाको अन्त्य गर्ने अभियान अन्तर्गत उक्त चलचित्र देशभर प्रदर्शन गरिरहेको छ । उक्त चलचित्र निर्माणको मुख्य भुमिका ‘मान्छे वोक्सी हुन्न कहिले राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’ले गरेको हो ।
देशमा अशिक्षा तथा गरिविका कारण नेपाली महिलाहरुले भोग्नु परेको वोक्सीको आरोप तथा छाउपडी लगायतका महिला विरुद्ध हुने अनकौं प्रकारका अजन्य अपराधिक घटनाहरुलाई छर्लङ्ग पार्दै सत्य तथा वैज्ञानिक प्रविधिका साथ त्यस्तो कुनै प्रकारको अन्धविश्वासमा नलाग्न प्रेरित गरिएको छ उक्त चलचित्रमा । चलचित्रमा वोक्सा र वोक्सीको आरोपमा अन्धविश्वसका कारण गरिव मानिसले भोग्नु परेका वास्तविक कुरालाई समेटिएको छ । वोक्सा र वोक्सीको आरोपमा धेरै मानिसले कुटाईका साथमा आफ्नो ज्यान नै असुरक्षित भइरहेको जसका कारण मानिसकहरु अनेकौं प्रकारका रोगहरुले समेत ग्रसित हुनु परेको कुरालाई चित्रण गरिएको छ ।
कार्यक्रममा अनेमा संघ नेपाल केन्द्रिय कमिटी उपाध्यक्ष तथा पूर्व सांसद टुका हमालले छाउपडि प्रथाका कारण धेरै महिला दिदी वहिनीहरुले ज्यान गुमाउनु परेको बताउँदै यस्ता प्रकारका कुसस्कारलाई देशवाट निर्मूल पार्नुपर्ने बताईन् । त्यस्तै उक्त प्रथाकै कारण धेरै महिलाहरु वलत्कृत तथा विभिन्न प्रकारका रोगको सिकार हुनु परिरहेको बताउँदै उक्त चलचित्र हेरी तयसलाई सूचनामुलक रुपमा समाजमा लैजानुपर्ने बताईन् ।
त्यस्तै केन्द्रिय सचिव विष्णु ओझाले महिला माथि हुने वोक्सी, छाउपडी जस्ता कुराहरु जघन्य अपराध भएकाले यसलाई कडा भन्दा कडा कानुन निर्माण गरी कारवाहिको दायरामा ल्यानुको अर्को कुनै विकल्प नभएको वताइन् । त्यस्तै उनले समाजमा छोरा र छोरी विचको खाडल अहिले पनि अत्याधिक रहेको भन्दै स्थानीय सरकारले विशेष पहल कदमी चलाउनु पर्नेमा सचेत गराईन । उनले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई समेत महिला भएकै कारण हेपिनु परेको तितो यर्थाथ रहेको भन्दै आगामि दिनमा त्यसलाई अन्तय गर्नुपर्ने वताइन् ।
त्यस्तै अनेमा संघ भक्तपुर जिल्ला अध्यक्ष तथा चागुनारायण नगरपालिकाकी उपमेयर विना वास्तोलाले खगरिव र दुखीले वोक्सीको आरोप व्यहोर्नु परेको वताईन् । उनले नेपालको पहाडी तथा हिमाली भेगमा भन्दा तराई भेगमा यस्ता प्रकारका कुसंस्कार तथा कुरीतिहरु रहेको बताईन ।










प्रतिक्रिया दिनुहोस्