भदौ ९, काठमाडौँ । विकासराज आचार्यको निर्देशनमा रहेको फिल्म ‘नाइँ नभन्नू ल ५’ मा बाल कलाकार अनुभव रेग्मी ‘नीर’ र सेड्रिना शर्मा ‘अन्जना’ को भूमिकामा छन् ।
अभिनेत्री स्वस्तिमा खड्काको बालापनको भूमिका सेड्रिनाले निभाएकी छन् भने अभिषेक नेपालको बाल्यकालको भूमिकामा अनुभव देखिएका छन् ।
शुक्रवार राजधानीको बिग मुभिजमा फिल्मकोे विशेष शो राखिएको थियो । बर्षा राउत, दीपाश्री निरौला, सरोज खनाललगायतका चलचित्रकर्मीले फिल्म हेरेपछि ‘नाइँ नभन्नू ल ५’ उत्कृष्ट बनेको भन्दै प्रशंसा गरे । विशेष शोमा सहभागी अधिकांश आँखाको आँसु पुछ्दै हलबाट बाहिरिएका थिए ।
फिल्ममा प्रमुख भूमिका निर्वाहा गरेकी सेड्रिनाको सुन्दरता र अभिनयको अधिकांशले तारिफ गरेका छन् । अभिनेता खनालले त उनलाई भविष्यको सुपरस्टारु नै भनिदिए । डेब्यु फिल्म भएपनि उनले उत्कृष्ट काम पस्किएकी छन् ।
स्वस्तिमा खड्का, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझीलगायतका कलाकार पनि आ(आफ्नो भूमिकामा फिट छन् ।
प्रतिक्रिया दिनुहोस्