समाचार

महोत्तरीको औरहीबाट ८ महिने बालिका अपहरण



भदौ ११, महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिका १ का सन्तोष चौधरीको ८ महिने छोरी अपहरणमा परेकी छिन् ।

छोरी सोनाली चौधरी आइतबार साँझ अपहरणमा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सन्तोष आफ्नै पसलमा बच्चालाई खेलाइरहेको समयमा एक अपरिचित व्यक्तिले बच्चालाई अपहरण गरी लगेको जनाएको छ ।

घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र रुपमा भैरहेको प्रहरी जनाएको छ ।