Banner News

‘पार्टी एकता र सरकार’ असफल बनाउने षड्यन्त्रलाई एक एक गरेर परास्त : अध्यक्ष प्रचण्ड



भदौ १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता र सरकारलाई असफल बनाउने षड्यत्रकारीलाई एक एक गरेर परास्त गर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित सर्लाही–काठमाडौं सम्पर्क मञ्चले सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकीकरण र सरकारका बारेमा समिक्षा भइरहेको बताएका छन् । पार्टी एकता निकै साहसिक र विवेकपूर्ण निर्णय भएकाले यसले विश्वलाई नै नयाँ सन्देश दिने उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले पार्टीले गरेको संकल्प र जनताको सपनालाई यो सरकारले साकार पार्ने बताएका छन् । पार्टी एकीकरणले कार्यकर्ताहरुलाई समेत गुणात्मक जिम्मेवारी बढेकोले सोही देश र जनताको निम्ती तथा समृद्ध नेपाल र सुखि नेपालीको अभियानलाई सफल वनाउने गरी अघि वढ्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।