भदौ १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले संसद्मा सांसदले उठाउनुभएका समसामयिक विषयको पनि जवाफ तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को भदौ १४ र १५ गते काठमाडौँमा १९औँ शिखर सम्मेलन तयारी लगायतका विषयमा सम्बोधन गर्ने स्रोतले जनाएको छ ।
मंगलबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।










प्रतिक्रिया दिनुहोस्