समाचार

सप्तकोशीमा आएको बाढीले एक हजार भन्दा बडी घर डुबानमा



भदौ १२, सप्तरी । सप्तकोशीको नदीमा आएको बाढीले  सप्तरीका एक हजार भन्दा बडी  घर डुबानमा परेका छन् ।

सोमबार बिहान आएको बाढीले हनुमाननगर नगरपालिकाको वडा नम्बर ५, ६, ७ , १०, ११ र १४ तथा पिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर ४ र ५ को एक हजार भन्दा धेरै घर डुबानमा परेको छ । डुबानमा परि घर भत्किएका तथा एक सय भन्दा धेरै चौपया मरेका प्रहरीले जनाएको छ ।