भदौ १२, काठमाडाैं । फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बङ्गला विमान दुर्घटना हुनको कारण क्याप्टेनलाई दोषी देखाइएको छ ।
आधिकारिक छानबिन समितले तयार पारेको रिपोर्टको मस्यौदामा विमानका क्याप्टेन ‘भावनात्मक रुपमा विक्षिप्त रहेको’ उल्लेख गरिएको छ । यही नै विमान दुर्घटना हुनुको मुख्य कारण रहेको रिपोर्टको निष्कर्ष छ ।
अनुसन्धानकर्ताहरुले विमानका क्याप्टेन अविद सुल्तानमाथि एक सहकर्मीले उनको क्षमतामाथि प्रश्न गरेपछि उडान अवधिमै रोएको बताएका छन् ।
“अविश्वास र दबावले गर्दा उनी ककपिटमा नै लगातार धुम्रपान गरिरहेका थिए र उडानको अवधिमा कयैन पटक उनी भावुक भएर रोएका थिए ।” रिपाेर्टलाई उदृत गर्दै समाचार संस्था एपीएफले लेखेको छ।
उक्त समय जहाज उडाइरहेका को–पाइलटमा ‘पुरै भाँडिएको’ रिपोर्टमा लेखिएको छ । झन् को–पाइलट पृथुला रसिदले भर्खरै विमान उडाउन योग्य भएका थिए । त्यो दिनको उडान काठमाडौको विमानस्थालमा गरिएको उनको पहिलो उडान थियो ।
एएफपीले हेरेको अन्तिम अनुसन्धान रिपोर्टको मस्यौदामा युएस–बङ्गला एयरलाइनका क्याप्टेन ‘दबाब र भावनात्मक विक्षिप्तता’को अवस्थामा रहेको निष्कर्ष छ ।
युसएस–बङ्गलाको बम्बार्डिएर ड्यास ८ क्यु४०० विमानले धावनमार्ग नजिकिदै गर्दा अन्तिम समयमा आफ्नो दिसा बदलेको, आफ्नो पर्याप्त गति कम गर्न असफल रहेको र अवतरणको लागि आवश्यक जाँच नगरेको अनुसन्धादाताहरुले बताएका छन् ।
दुई पाइलट सहित ५१ जनाको मृत्यु भएको उक्त विमान दुर्घटनामा आश्चर्यजनक रुपमा २० जना भने बलिरहेको विमानबाट उम्कन सफल भएका थिए । तथापी उनीहरु गम्भीर घाइते भएका थिए ।
रिपोर्टले हवाई ट्राफिक कन्ट्रोलले ‘रनवे ०२’ र ‘रनवे २०’ उल्लेख गरेर अन्योल श्रृजना गरेको स्वीकारेको भए पनि त्यसले उडानमा कुनै प्रभाव नपारेको निष्कर्ष दिएको छ ।










प्रतिक्रिया दिनुहोस्