Banner News

चुनावको घोषणा गर्नका लागि हो कि देखाउन मात्रै हो त्यो हेर्नुपर्छ



योगेश भट्टराई, सचिव –एमाले

 सरकारले चुनावको घोषणा गरेको छ, यसलाई एमालेले कसरी हेरेको छ ?

पार्टी स्थायी समितिको बैठकले सरकारले गरेको चुनाव घोषणालाई स्वागत गरिसकेको छ । साथै बैठकले संविधान संशोधन विधेयक अघि नबढाउन र स्थानीय तहको संख्या नबढाउन सरकारको पुनः ध्यानाकर्षण गराएको छ ।

बैठकले निर्वाचनका लागि आवश्यक ऐन कानुन बनाउन र निर्वाचनलाई प्रभावित हुने गरी नियुक्ति तथा सरुवा बढुवा नगर्न पनि सरकारसंग आग्रह गरेको छ ।

 सरकारले चुनावको घोषणा गरेसंगै, मधेसकेन्द्रित दलहरुले त चुनावको विरोधमा आनदोलनको घोषणा ने गरिसके नी ? उनीहरुले त संविधान संशोधनपछि मात्रै चुनाव भनेका थिए होइन ?

जहाँ सम्म संविधान संशोधनको कुरा छ, त्यसको त प्राकृतिकरुपमा भैसक्यो, प्राविधिकरुपमा मात्रै त्यसको धुकधुकी बाँकि छ । तराईमधेशका जनताले पनि निर्वाचन चाहिरहेका छन् ।

जनताहरु गाउँको, प्रदेशको अध्यक्ष हुन चाहान्छन् । अर्थात उनीहरु जनप्रतिनिधिका रुपमा आफ्नो गाउँ-ठाउँको विकास गर्न चाहान्छ । निर्वाचन नचाहिने त तराईका केही सामान्ती सोच भएका सामान्त मात्रै हुन् ।

निर्वाचन भयो भने आफ्नो रवाफ घट्छ भन्ने सोचका साथ निर्वाचनको उनीहरुले विरोध गर्दै आएका छन, अर्थात जसरी पनि निर्वाचन विथोल्ने कसरतमा लाग्दै आएका छन् । जसले अहिले निर्वाचन पहिले होइन, भन्दै आएका छन उनीहरुले पनि निर्वाचनमा भाग लिएर आफ्नो एजेण्डालाई टेष्ट गर्नु पर्छ । उनीहरुले उठाउँदै आएको एजेण्डा ठिक होकि बेठिक भन्ने कुरा जनताले छुट्टाउनु पर्दैन ?

तपाईहरुले चुनावको माग गर्दै आउनु भएको थियो, त्यो सरकारले पूरा गरिदियो होइन ?

चुनावको मिति घोषणा स्वागत योग्य छ ,ठिक छ । एमालेले पहिले देखिनै चुनावको माग गर्दै आएको हो । तर, यो घोषणा गर्नका लागि हो कि देखाउनका लागि हो त्यो भने हेर्नुपर्छ । चुनावका लागि विश्वासिलो वातावरण बनाउनका लागि अब सरकारले निर्वाचनका लागि आवश्यक तयारीलाई युद्धस्तरमा अघि बढाउँनु पर्छ ।

चर्चित मेची–महाकाली अभियानको तयारी कसरी अघि बढिरहेको छ ?

फागुन २१ देखि चैत ४सम्म मेची –महाकाली अभियानको तयारीको गरिरहेको छ । सो अभियानलाई प्रभावकारी ढंगबाट अघि बढाउन एमालेले आन्तरिक तयारीलाई तीव्र पारेको छ । कार्यक्रमलाई प्रभावकारीढगबाट अघि बढाउन यसबीच पार्टी केन्द्रीय कार्यालयमा अभियानको संम्पर्क कार्यलय स्थापन भैसकेको छ ।

यो अभियानले एमाले विरुद्ध छरिएका भ्रम चिर्ने छ । यो अभियानले जनताा राष्ट्रिय एकताको वारेमा प्र्रष्ट पार्ने छ । र, यो अभियान कसैको पनि विरुद्धमा हुनेछैन् । हाम्रो पार्टीले यो अभियानमा ५० लाख जनतालाई परिचालित गर्ने छ ।

 यो अभियान मुलत तराईकेन्द्रित हुनेछ हो ?

हाम्रो अभियान २१ गते झापाबाट शूरु भई चैत्र ४ मा कञ्चनपुरमा पुगेर समापन हुनेछ । अभियानका प्राय सबै कार्यक्रम पूर्वपश्चिम राजमार्ग केन्द्रित हुनेछ । र, यो अभियानमा कसैको विरोध र भण्डाफोर हुनेछैन् । तर, हाम्रो अभियानमा अवरोध वा भाजो हाल्न आए त्यसको दृढतापूर्वक प्रतिवाद भने गर्नेछौ ।