भदौ १२, काठमाडौं । चौथो विमेस्टेक सम्मेलनको निम्ती सात राष्ट्र प्रमुखहरुको नेपाल आउने क्रम शुरु भएको छ ।
१. सबैभन्दा छिटो नेपाल आउने मुख्य पाहुना म्यानमारका राष्ट्रपति विन मिन्ट आज आइस्केका छन् । उनलाई रक्षामन्त्री इश्वर पोख्रेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । उनको बुधबार गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम छ ।
२. बुधबार भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक नेपाल आउने ।
३. बुधबार नै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आउने ।
४. बिहीबार बिहान ८ बजेदेखि ११ बजेको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने ।
५. बिहीबार नै बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद बिहान नौ बजेको आइपुग्ने ।
६. थाइल्याण्डका राष्ट्रपति प्रायुट चान ओ चा पनि बिहीबार नै नेपाल आउने कार्यक्रम रहेको छ ।










प्रतिक्रिया दिनुहोस्