अर्थ

‘नेपाल आइडल सिजन २’ मा २० हजारको सहभागीता



भदौ १४, काठमाडौं ।  नेपालको चर्चित सिंगिङ रियालिटी शो ‘नेपाल आइडलको सिजन २’ मा  २० हजार युवाहरू सहभागीता  भएका छन।

नेपाल आइडलको पहिलो सिजनमा १५ हजार जनाले प्रतिस्पर्धीका रुपमा सहभागीता जनाएका थिए ।

नेपाल आइडलको दोस्रो सिजनको अडिसन राउण्ड सकिएको छ । उक्त अडिसन धरान, हेटौडा, बिरगंज, भैरहवा, धनगढी, पोखरा र काठमाडौमा अडिसन भएको थियो । दोस्रो सिजनमा स्वदेश देखि बिदेश सम्मका नेपाली युवा सहित २० हजार जनाले प्रतिस्पर्धीका रुपमा सहभागीता जनाएका छन् ।

नेपाल आइडलको दोस्रो सिजनमा बिजेता बन्नेले होन्डाको डब्लुआरभी गाडी सहित २२ लाख रुपैयाँ नगद, एक एल्बम र विश्व टुरको अवसर समेत पाउनेछन ।