राजनीति

प्रम ओलीद्वारा राष्ट्राध्यक्षको स्वागत : शान्ति, समृद्ध र दिगो विकासमा जोड



भदौ १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागत गर्दै शान्त, दिगो विकास र समृद्ध क्षेत्र वनाउन जोड दिएका छन् ।

प्रम ओलीले आफ्नो सामाजिक सञ्जाल ट्वीटमार्फत आजदेखि राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सिलसिलामा सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख काठमाडौँमा अवतरण गरेको सन्दर्भमा हार्दिक स्वागत गरेका छन् । उनले सम्मेलनवाट विमस्टेकका सदस्य रहेका देशहरुले आगामि दिनमा आर्थिक तथा सामाजिक रुपमा विकासित भई समृद्ध राष्ट्र निर्माण हुनेमा विश्वास लिएका छन् ।