भदौ १४, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन विहिवार दिनको ठिक दुई वजेदेखि सोल्टी होटल काठमाडौंमा शुरु हुँदैछ ।
कार्यक्रम शुरु भएसँगै अध्यक्षता गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले २२ मिनेट सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आर्थिक सम्भावना, उर्जालगायत बिम्स्टेक सदस्य मुलुकका प्रयास र सम्भावनाका विषयमा बोल्नेछन् ।
ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यसपछि वर्णानुक्रम अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चाले १५–१५ मिनेट सम्बोधन गर्नेछन् ।
बिहीबार साँझ ७ः२५ देखि ९ः२० सम्म प्रधानमन्त्री ओलीलेसदस्य–मुलुकका कार्यकारी प्रमुखलाई रात्री भोज दिनेछन् । भोली बिहान प्रधानमन्त्री ओलीले सहभागी सरकारप्रमुख एवं राष्ट्रप्रमुखको सम्मानमा होटेल सोल्टीको पुलसाइडमा रिट्रिट दिनेछन् ।
सम्बोधनका विषयमा बिम्स्टेम मन्त्रीस्तरिय बैठकले बुधबार एजेन्डा तयार पारिसकेको छ । काठमाडौं घोषणापत्र तयार भइसकेको छ । त्यसलाई अनुमोदन गर्दै भोली दिउँसो कार्यक्रम सम्पन्न हुनेछ ।










प्रतिक्रिया दिनुहोस्