भदौ १४, काठमाडौं । नेपाल चिकित्सक संघले अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने व्यवस्था हटाउन माग गरेको छ ।
प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार विधेयकमाथिको छलफलमा संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने अन्त्य गर्नुपर्ने धारणा राखेका छन ।
उनले सरकारले चिकित्सा क्षेत्रका लागि छुट्टै चिकित्सा शिक्षा ऐन ल्याएकोमा स्वागत गर्दै ऐनमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा अस्पतालहरुलाई नराख्ने कानुनी प्रावधान बनाउन सांसदहरुलाई आग्रह समेत गरेका छन ।
समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिकित्सकहरुलाई राजनीति नगर्न आग्रह गरेका हुन् । समितिले बुधबार वरिष्ठ चिकित्सक केसीसँग पनि सो विधेयकका सम्बन्धमा छलफल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्