भदौ १५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रभावशाली नेतृ तथा सांसद मनाकुमारी जिसीले महिलाहरुको तीज विशेष कार्यक्रम वृद्धाश्रममा गर्दै मानिसको कानुनी अधिकार रक्षाको निम्ती जहिले पनि अटल र अडिक रहने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
धौलागरि महिला समाजको आयोजनामा हिमालय वृद्धा आश्रम गंगबु, ६ जलबिनायकमा रहेको वृद्धाश्रममा रहेका वृद्ध वृद्धालाई दर खुबाउने कार्यक्रममा वोल्दै सांसद जिसीले जनमुखी तथा लोककल्याणकारी कार्यमा सदैव हाजिर हुने वताउँदै नेपाली नागरिकता पाउनको लागि आवश्यक योग्यता प्राप्त व्यत्तिले विना झन्झट नागरिकताको प्रमाणपत्र पाउनु पर्ने बताएकि छिन् ।
उक्त वृद्धाश्रमा ३० जना वृद्धवृद्धा रहेकोमा तीन जनाको मात्र नागरिकता रहेको अन्य २७ जना नागरिकता पाउनवाट वञ्चित भएकोमा दुःख व्यक्त गर्दै तुरुन्त सम्बन्धीत निकायले नागरिकताको व्यवस्था गरी वृद्धभत्ताको व्यवस्था तथा अन्य नागरिक सरहको सेवा सुविधाहरुको व्यवस्था गरिन सम्बन्धीत निकायलाई आग्रह समेत गरेकी छिन् । सांसद जिसीले कल्याणकारी काम गर्नेलाई सम्मान र सहयोग गर्नु राज्यको दायित्व भएको भन्दै स्थानिय तह, प्रदेश तथा संघिय संसदको ध्यानाकर्षण समेत गराएकि छिन् । उनले उक्त वृद्धाश्रममा हालसम्म २५ जनाको मृत्यु भइसकेकोमा महिला आफैले दाहसस्कार गरी अघि वढेकालाई उच्च सम्मान व्यक्त गरेकी छिन् । त्यस्तै उनले आफ्नो व्यक्तिगत तथा प्रतिनिधिसभाको सदस्यको तर्फवाट गर्नुपर्ने जस्तोसुकै सहयोग गर्न तयार रहने समेत प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
सांसद जिसीले संम्बन्धित पक्षलाई नागरिकता दिलाउन आबश्यक प्रकृया अगाडि बढाउनु पर्ने, परिबारका सदस्यको खोजि गर्नु पर्ने, पत्ता लाग्न नसकेमा हाललाई परिचय पत्रका आधारमा पनि त्यस्ता बेसाहारा ब्यक्तिले बृद्व भत्ता पाउनु पर्ने, अर्को देशबाट आएकाहरुलाई आफ्नै देशमा पुर्याउन सरकारले कदम चाल्नु पर्ने बताएकि छिन् ।
त्यस्तै कार्यक्रममा वोल्दै सांसद जिसीले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको विशेष शुभकामना व्यक्त गर्दै तिजमा रमाउने समयमा देशमा भइरहेको जघन्य अपराधका घटनाहरुले दुःखी वनाएको बताइन् । पछिल्लो समय देशमा महिला हिंसा, वतत्कार गरी हत्या, अपहरण जस्ता जघन्य अपराधीक क्रियाकलापहरु दिनप्रतिदिन वढ्दै गएकाले दोषिलाई कडा भन्दा कडा कानुनी कारवाही गर्नुपर्ने बताईन् ।
आश्रमका अध्यक्ष सरला पन्थीले उक्त वृद्धाश्रममा हालसम्म जनप्रतिनिधि नपुग्नु दुःखद व्यक्त गरेकी छिन् । उनले नागरिकलाई सम्मानका साथ अघि वढ्न र वढाउन सवैको साथ र सहयोग आवश्यक हुने वताएकि छिन् ।










प्रतिक्रिया दिनुहोस्