समाचार

निर्मलाको घटना सेलाउन नपाउँदै कञ्चपुरमा अर्की बालिका बलात्कृत



भदौ १५, कञ्चनपुर ।  निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा बेलडाँडी गाउपालिका –१, की  १४ वर्षीया बालिकामाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बालिकालाई राति एकजनाले फोन गरेर बाहिर निस्किन लगाई २ जनाले मोटरसाइकलमा राखेर घरबाट टाढा लगेर बलात्कार गरेको सोधपुछका क्रममा पीडितले बताएकी छिन ।

स्थानीयले ४ जनाको समूहमा आएका यूवाले बालिकालाई सामूहिक बलात्कार गरेको बताए पनि प्रहरीले भने एक जनाले बलात्कार गरेको बताएको छ । ‘बालिकालाई लिन ४ जना युवा आएका रहेछन्’, प्रहरी प्रमुख कडायतले भन्नुभयो, ‘तर, दुईजनाले मोटरसाइकलमा राखेर लगेछन् र एक जनाले बलात्कार गरेको रहेछ ।’

प्रहरीका अनुसार बालिकालाई मेडिकल जाँचका लागि महाकाली अञ्चल अस्पतालमा ल्याइएको छ । उनको मेडिकल रिपोर्ट आएपछि मात्रै सामूहिक बलात्कार हो वा एक जनाले मात्रै बलात्कार गरेको भन्ने खुल्ने प्रहरीले बताएका छन  ।