विश्व

‘क्रान्तिकारी सन्त’ भनेर चिनिने संसद तरुण सागरको निधन



भदौ १६, काठमाडौं । ‘क्रान्तिकारी सन्त’ भनेर चिनिने भारतका जैन मुनि तरुण सागरको निधन भएको छ ।

उनी लामो समयदेखि जण्डिस रोगबाट पीडित थिए ।  शनिबार बिहान सवा तीन बजे दिल्लीको शाहदरास्थित कृष्णानगरमा निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।

उनको शव यात्रा दिल्लीको राधेपुरबाट सुरु हुने छ र २८ किलोमिटरको दूरी पार गर्दै दिल्लीको मेरठ हाइवेस्थित तरुणसागर तीर्थस्थलमा अन्तिम संस्कार गरिने छ ।

तरुण सागर कडा प्रवचनका कारण चर्चित थिए । उनी निर्बस्त्र हुन्थे । शरीरमा एकसरो कपडा समेत नलगाएरै उनले भारतका धेरै विधानसभामा पनि प्रवचन दिएका छन् ।

 उनको जन्म २६ जून १९६७ मा दमोहमा भएको थियो । उनले ८ मार्च १९८१ मा गृहस्थ जीवन त्यागेर छत्तिसगढमा दीक्षा लिन गएका थिए ।