भदौ १६, जाजरकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको ५० वर्षीय अमृत घर्ती रउहाँकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको खोलामा बगेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।
खोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर बगेका घर्ती दम्पतीमध्ये श्रीमान अमृतको शव शुक्रबार बेलुकी फेला परेको थियो । बगेको भन्दा करीब दुई सय मिटर तल उहाँको शव फेला परेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । श्रीमती तुलसाको शव भने शनिबार बिहान ७ बजेतिर फेला परेको छ ।










प्रतिक्रिया दिनुहोस्