Banner News

भ्रमको खेती गर्नेको आयु धेरै टिक्दैन, इच्छाशक्ति र संकल्प भए असम्भव भन्ने केहि छैन : सांसद वस्नेत



भदौ १७, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले कुनै पनि विकास निर्माण तथा अन्य कुनै पनि प्रकारका कार्यमा भ्रमको खेती गर्ने जो कोहीको आयु धेरैदिन नटिक्ने वताउँदै इच्छाशक्ति र संकल्प भएमा कुनै पनि कार्य गर्न असम्भव नहुने बताएका छन् ।

सूर्यविनायक नगरपालिकाको वडा नं. ७ गुण्डु स्थित राधाकृष्ण मन्दिरको उद्घाटन कार्यक्रममा वोल्दै सांसद वस्नेतले विकासको उत्कृष्ट कार्य गर्ने ठाउँको रुपमा गुण्डु रहेको वताउँदै विकास निर्माणको विरोध गर्नेको प्रतिकार गर्नु जरुरी नभएको बताएका छन् । सांसद वस्नेतले कसले के भन्छ भन्दा पनि हामीले के गर्दैछौं भन्ने कुरालाई उच्च प्राथमिकता दिनुपर्ने वताएका छन् । आलोचकले दिएको आलोचनालाई सुझाबको रुपमा आत्मासाथ गरी अघि वढ्नुपर्ने बताउँदै सांसद वस्नेतले विकास निर्माणको कामको अनुगमन गर्ने मानिस धेरै रहेकोले जनप्रतिनिधि तथा सम्बन्धित निकायहरु सचेतनापूर्वक अघि वढ्नुपर्ने धारणा राखेका छन् ।

सरकारी वजेटमा मात्र काम गर्ने नभई निजि क्षेत्रको सहयोगी भावनाका काम पनि उत्कृष्ट विकास निर्माणका कार्यहरु सम्पन्न गर्न सकिने वताउँदै उनले भने ‘मानिसमा चारवटा दृष्टिकोण रहने जसमा आत्माकेन्द्रित, अर्थ, आफन्त केन्द्रित जस्ता कुराहरुले मानिसलाई अघि वढ्ने वाटो वन्द गर्छ भने विचार र राष्ट्रकेन्द्रित व्यक्ति जहिले पनि सफलताको शिखरमा चुम्छ ।’

भक्तपुरमा विकासको गति तिव्र रुपमा अघि वढेको वताउँदै सांसद वस्नेतले गुण्डुको विकासको पहिचान वनाउन वडाध्यक्ष रविन्द्र सापकोटा र वडासदस्य अर्जुन खतिवडाले मार्गनिर्देश र उदाहरणिय कार्य गरेको बताएका छन् ।

सांसद वस्नेतले देश विकासको तिव्र गतिमा अघि वढिरहेको समयमा केहि विकास विरोधिहरुले अनावश्यक हल्लाहरु फैलाउँदै सरकारलाई समृद्ध नेपाल निर्माणमा वाधा अड्चन ल्याउन खोजे पनि त्यो सफल नहुने वताएका छन् । कहिले डा. गोविन्द केसी त कहिले करको हल्लामा राजनीति गर्नेहरुले देशलाई अन्धकारको वाटोमा डोर्याउन खोजे पनि त्यो सहजै रुपमा जनताले असफल वनाइसकेको बताए । उनले विलासिताको सामानमा कर वृद्धि गरेको तर मानिसको दैनिक उपभोग्य सामानमा कर नलगाएको वताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाले धार्मिक आस्थाका कारण शान्ति तथा समृद्धिको वाटो तय भएको इतिहास रहेको बताएका छन् । त्यस्तै उनले उज्यालो, शान्ति, विकसित भक्तपुरको परिकल्पनाका साथ अघि वढ्ने सांसद वस्नेत पाएकाले उनको योजनामा साथ र सहयोग दिदै हातमा हात काँधमा काध मिलाई अघि वढ्नुपर्ने वताए ।

त्यस्तै सूर्यविनायक नगरपालिकाको उपप्रमुख जुना वस्नेतले विकास निर्माणका कार्यमा वडावाट योजना ल्याएमा नगरपालिकाको तर्फवाट कुनै पनि प्रकारको वाधा अवरोध नभई सहज रुपम स्वीकृत गरी विकास र समृद्धिमा अटल र अडिक भई नगरपालिका अघि वढ्ने वताईन ।

कार्यक्रममा वौल्दै वडाध्यक्ष रविन्द्र सापकोटाले नेपालको एउटै मात्र नमुना सुर्यविनायक नगरपालिका रहेको वताए । उनले देशभर कर वृद्धिको हल्ला फैलिरहेको समयमा पनि नगरपालिकाले हालसम्म पहिलेकै करलाई यथावत गरेको वताए । उनले आगमि दिनमा पनि जनमुखी कार्य गर्दै अघि वढ्ने र जनपक्षिय कार्य भन्दा वहिरका कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यस्तै कार्यक्रममा राधाकृष्ण मन्दिर निर्माण समितिका कोषाध्यक्ष दिनेश थापाले विकास विरोधी तत्वहरुले विकासको विरोध गरिरहेता पनि कसैले छेकेर विकास नरोकिने वताउँदै उनले भने ‘सकेसम्म विकास गर्नुहोस् नसके विकासको विरोध नगर्नुहोस् ।’ उनले उक्त मन्दिर निमार्ण गर्न करिव १५ लाख लागेको बताउँदै करिव दुईलाख भन्दा वढी ऋणमा रहेको समेत जानकारी गराए । उक्तमन्दिर निर्माण गर्न सुर्यविनायक नगरपालिकावाट करिव एकलाख पचास हजार भन्दा वाकी सवै स्थानीय सरोकारवाहरुको साथ र सहयोगमा निर्माण भएको समेत जानकारी गराए ।

कार्यक्रममा उपत्यका विकास प्राधिकरणका आयुक्त नवराज प्याकुरेल, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुवर, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा भक्तजनहरुको उलेख्य सहभागिता रहेको थियो ।