भदौ १७, काठमाडाैं । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष समेत प्रधानमन्त्री केपी शर्मा ओलले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधान दिवसलाई ‘जनताको दिवस’ को रुपमा मनाउनुपर्ने बताएका छन ।
आइतबार सिंहदरबारमा रहेकाे गृह मन्त्रालयमा आयोजित संविधान दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले आगामी असोज ३ गते मनाउन लागिएको संविधान दिवसलाई भव्यताका साथ मनाउन सबै स्थानीय तहलाई आग्रह समेत गरेका छन ।
हिमाल, पहाड, तराई, मधेशको उत्सवको रुपमा संविधान दिवसलाई मनाउनुपर्ने साथै नेपाल टेलिकमलाई संविधान दिवसको अवसर पारेर एक हप्ताका लागि भएपनि मोवाईल सेवामा सहुलियत दिन पनि आग्रह गरेका छन ।
सोहि संविधान दिवसको अवसर पारेर संविधानको पुस्तकको आकारमा ढुंगाको स्मारक बनाउन पनि मातहतका निकायलाई निर्देशन दिएका छन ।










प्रतिक्रिया दिनुहोस्