भदौ १७, काठमाडौं । २०७२ सालको महाभुकम्पका कारण पूर्ण रुपमा संरचना ध्वस्त भएको धरहरा पुनर्निर्माणको लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव खोलिएको छ ।
६ निर्माण कम्पनीले आववेदन दिएकोका आइतबार प्राधिकरणले खोलेको प्रस्ताव अनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जीआईईटीसी–रमन रहेको छ । यो कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ ।
धरहरा पुनर्निर्माणका लागि सीआईसीओ–कालिका–रसुवा जेभीले ४ अर्ब ३९ करोड, जेडआईईसी–लामा जेभीले ४ अर्ब ५० करोड, सीआर फाइभ सीईसी–स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड, आशिष कन्ट्रक्सन र कुमार सीएफईसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका थिए ।
आशयपत्रका लािग सात दिने समय दिई त्यसको दुई हप्तामा सम्झौता हुने जानकारी बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्