भदौ १७, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, प्रभावशालि युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले राजनीतिमा प्रतिस्पर्धा भएता पनि विकासमा ऐक्यवद्धता जनाई काँधमा काँध मिलाई अघि वढ्नुपर्ने बताएका छन् ।
शनिवार गैरसरकारी संस्था महासंघ नेपाल भक्तपुर शाखाले आयोजना गरेको अन्तरक्रिया तथा आचार संहिता समिक्षा कार्यक्रममा वोल्दै सांसद वस्नेतले गैरसरकारी संस्थाहरुमा भएको भ्रमको अन्त्य गर्ने पर्ने भन्दै नगरपालिका तथा प्रशासनले गैरसरकारी संस्थालाई साथ र सहयोग दिनु पर्ने बताएका छन् । उनले धेरै गैर सरकारी संस्थामध्येमा नगन्य मात्रामा केहिले गलत गरे भन्दैमा सवैलाई नकरात्मक रुपले सोच्नु सामाजिक रुपमा ठूलो क्षती हुने वताएका छन् ।
सामाजिक क्षेत्रमा गैरसरकारी संस्थाको भुमिका मुख्य रहेको भन्दै सांसद वस्नेतले कसले के भन्यो भन्दा पनि हामीले के गरिरहेका छौं भनि मुल्याङकन गर्नु नै अहिलेको आवश्यकता भएको बताएका छन् । जसले जोड्न जान्दैन उसले काट्ने पनि कुनै अधिकार नहुने भन्दै सांस्द वस्नेतले वुझेर वुझ पचाउनलाई सहि वाटोमा ल्याउन कठिन हुने वताए । उनले विरोधको नाममा राजनीति गर्नेहरुको विरोधको आयु धेरै दिन नटिक्ने भन्दै भक्तपुरमा अन्तराष्ट्रिय रंगशाला, सभागृह, करिडोर, सुरुङ मार्ग, सडक विस्तार, उज्यालो भक्तपुर, दुर्घटनामुक्त भक्तपुर, अपराधमुक्त भक्तपुर, चोरीमुक्त भक्तपुर, दुर्घटनामुक्त भक्तपुर, वलत्कार मुक्त भक्तपुर, शिक्षित भक्तपुर, स्मार्ट सिटी जस्ता यावत कुराहरुको विकास कसैको राजनैतिक विरासत थाम्नको लागि गरिएको विरोधले नरोकिने स्पष्ट पारेका छन् ।
कार्यक्रममा वोल्दै सांसद वस्नेतले भने ‘मानिसमा चारवटा दृष्टिकोण रहने जसमा आत्माकेन्द्रित, अर्थ, आफन्त केन्द्रित जस्ता कुराहरुले मानिसलाई अघि वढ्ने वाटो वन्द गर्छ भने विचार र राष्ट्रकेन्द्रित व्यक्ति जहिले पनि सफलताको शिखरमा चुम्छ ।’ त्यस्तै सांसद वस्नेतले देश विकासको तिव्र गतिमा अघि वढिरहेको समयमा केहि विकास विरोधिहरुले अनावश्यक हल्लाहरु फैलाउँदै सरकारलाई समृद्ध नेपाल निर्माणमा वाधा अड्चन ल्याउन खोजे पनि त्यो सफल नहुने वताएका छन् । कहिले डा. गोविन्द केसी त कहिले करको हल्लामा राजनीति गर्नेहरुले देशलाई अन्धकारको वाटोमा डोर्याउन खोजे पनि त्यो सहजै रुपमा जनताले असफल वनाइसकेको बताए । उनले विलासिताको सामानमा कर वृद्धि गरेको तर मानिसको दैनिक उपभोग्य सामानमा कर नलगाएको स्पष्ट पारेका छन् ।
कार्यक्रममा वोल्दै गैरसरकारी संस्था नेपाल भक्तपुर शाखाका अध्यक्ष शोम शर्मा बजगाईले गैरसरकारी संस्थालाई जनमानसले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पर्ने बताएका छन् । एनजिओलाई डलरको खेती गर्ने, कुनै पनि संस्था भने पछि जिल्ला स्तरको हुने र सामाजिक संस्था भनेपछि मात्र समाजको काम गर्ने भन्ने सर्वसाधारणका बुझाई रहेको र त्यसलाई सोचमा परिवर्तन गराई गैरसरकारी संस्था पनि सामाजिक कार्य गर्ने संस्था हो भनि चेतनाको विकास गराउनु अहिलेको अनिवार्य आवश्यकता भएको बताएका छन् । त्यस्तै उनले गैरसहकारी संस्था सम्बन्धी निर्माण भइरहेका कानुनहरुलाई लचिलोका साथ संसदमा प्रस्तुत भईदिन सांसदहरुलाई आग्रह समेत गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्