सरकारले साक्षरता अभियान घोषणा गरेको एक दशक पुरा भएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
हरेक वर्ष साक्षर अभियान घोषणा गर्दा दुई वर्षभित्र सबै निरक्षरलाई साक्षर बनाउने सरकारले बताउदै आएको थियो । अभियान संचालन गरेको १० वर्ष पुरा हुदा समेत पुर्ण रुपमा उपलब्धी हासिल गर्न सकेको छैन ।
सरकारले यो वर्ष पनि अबको २ वर्ष भित्र सबै निरीक्षरलाई साक्षर बनाउने घोषणा गरेको छ । तर सरकारको सो घोषणा पुरा हुने सम्भावना कम छ । देशको राजधानी काठमाडौ समेत पूर्ण साक्षर हुन सकेको छैन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आव २०७५/२०७६ सम्म बाँकी रहेका सबै निरक्षरलाई साक्षर बनाउने निर्णय गरिसकेको छ ।
पछिल्लो तथ्याङक अनुसार मुलुकभर हाल करिब ३ लाख निरक्षर छन् । १५ देखि ६० वर्ष उमेर समुहका ती जनसंख्या ३० जिल्लामा रहेका छन् । सरकारले अभियान संचालन गरेको ७७ जिल्ला मध्य ४७ जिल्ला मात्रै साक्षर घोषणा भएका छन् । प्रदेश नम्बर ४ का सबै जिल्ला साक्षर घोषणा भैसकेका छन् । प्रदेश २ को कुनैपनि जिल्ला साक्षर हुन सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्