भदौ १८, विराटनगर । देशकै चासोको विषय रहेको प्रदेश १ को प्रदेशसभाले काम कारवाही सुरु गरेको छ महिनाका अवधिमा १६ वटा कानुन निर्माण गरेको छ ।
प्रदेशसभा सचिवालयका अनुसार ०७४ माघ २२ देखि सुरु भएको पहिलो अधिवेशन २०७५ वैशाख २६ सम्म सञ्चालन भएको थियो। पहिलो अधिवेशनमा ३९ वटा बैठक बसेको छ। दोस्रो अधिवेशन ०७५ जेठ १७ देखि सुरु भएको थियो हो। दोस्रो अधिवेशनको हासम्म ३५ वटा बैठक बसिसकेको छ।
पहिलो अधिवेशनबाट पारित विधेयक
१. प्रदेश आर्थिक कार्यविधि विधेयक, २०७४
२. विनियोजन विधेयक, २०७४
३. प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) विधेयक, २०७४
४. गाउँसभा र नगरसभा सञ्चालन (कार्यविधि) विधेयक, २०७५
५. प्रदेश नं. १ आकस्मिक कोष सञ्चालन विधेयक, २०७५
६. जिल्लासभाको सञ्चालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक, २०७५
७. मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्यशर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
८. मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
९. प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५
१०. गाउँसभा तथा नगरसभाका सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
११. जिल्लासभा र जिल्ला समन्वय समितिका सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
दोस्रो अधिवेशनबाट पारित भएका विधेयक
१. प्रदेश रेडियो, एफ.एम. र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक¸ २०७५
२. विनियोजन विधेयक, २०७५
३. आर्थिक विधेयक, २०७५
४. अन्तर प्रदेश बासिन्दाको सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक¸ २०७५
५. जिल्लासभाको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५










प्रतिक्रिया दिनुहोस्