नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश एकीकरण कार्यदलले तीनवटा प्रदेश अध्यक्ष र सचिवको नाम केन्द्रीय सचिवालयमा सिफारिस गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रदेश ७ कार्यदलले सर्वसम्मत तथा १ र ५ ले सम्भावितको नाम सिफारिस गरेका छन् । प्रदेश ७ को अध्यक्षमा पूर्वएमालेबाट कर्णबहादुर थापा र सचिवमा पूर्वमाओवादीबाट लक्ष्मीदत्त जोशीको नाम सिफारिस भएको छ ।
प्रदेश १ बाट अध्यक्षमा घनेन्द्र बस्नेत र देवराज घिमिरे तथा सचिवमा सावित्रीकुमार काफ्लेको नाम सिफारिस गरिएको कार्यदल सदस्यसमेत रहेका नेकपाका स्थायी समिति सदस्य भीम आचार्यले बताए । बस्नेत र घिमिरे अध्यक्ष केपी ओलीनिकट हुन् । काफ्ले तत्कालीन माओवादीमा रामबहादुर थापा समूहबाट एकीकरणमा आएका हुन् ।
प्रदेश ५ बाट अध्यक्षमा पूर्वएमालेबाट दलबहादुर राना र पूर्वमाओवादीबाट गणेशमान पुनको नाम कार्यदलले सिफारिस गरेको छ । पूर्वएमालेबाट प्रदेश अध्यक्षमा अहिलेसम्म सिफारिस सबै संस्थापन पक्षका हुन् ।
प्रदेश ५ मा पूर्वमाओवादीबाट अध्यक्षमा सिफारिस पुन प्रचण्डनिकट मानिन्छन् । प्रदेश १ र ७ मा पूर्वमाओवादीबाट सचिवमा सिफारिस नेताहरू भने रामबहादुर थापानिकट मानिन्छन् ।










प्रतिक्रिया दिनुहोस्